शुक्रबार, बैशाख ०७, २०८१

जापानबाटै कुशे औँशी तथा तिजमा दरको लागि सर्प्राइज दिन सकिने

जापान । घरपरिवार छाडेर पढाई, रोजगारी, वा अन्य कारणले विदेश आएका नेपालीहरूले अब बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा आफ्ना बुबालाई तथा तिजको उपलक्ष्यमा चेलीबेटीलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सकिने भएको छ ।
साथै, फादर्स डे स्पेशल केक पनि डेलिभरी गराइने व्यवस्था मिलाइएको छ ।

विदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौँ, भक्तपुर र ललितपुरका लागि २४ घन्टा होम डेलिभरी सेवा दिइरहेको छ । यस होम डेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुनसुकै ठाउँमा रहेका व्यक्तिहरुले काठमाडौँमा रहेका आफ्नो आफन्तलाई मन पर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थहरु अर्डर गर्न सकिने जनाएको छ ।

लाटोकोशेरो डटकमले आफुलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटोकोशेरो फुड्सबाट खाना, खाजा, बेकरी प्रोडक्ट्स तथा पेय पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका परिकारहरु www.laatokoshero.com, फेसबुक पेज www.facebook.com/Laatokoshero अथवा +९७७-९८०१०७९८९० मा भाइबर वा ह्वाटस्एपबाट पनि अर्डर गर्न सकिन्छ ।

विदेशमा रहेर आफ्ना आफन्तहरुलाई जन्मदिनजस्ता अवसर तथा असार पन्ध्र, साउन पन्ध्र, बाबुको मुख हेर्ने दिनजस्ता पर्वमा विशेष खानेकुरा, पेयपदार्थ तथा बेकरीका लगायतका सामान सोझै उनीहरुलाई डेलिभरी गरिने गरी अग्रिम अर्डर गरी भुक्तानी गर्न सकिने छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी गर्ने प्रतिबद्धता यहाँका प्रबन्ध निर्देशक प्रज्ज्वलकुमार दाहालले जनाएका छन् ।