कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरेत्तम बैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले रिट दायर गरेका हुन्। ।

वैद्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । नेपाली काँग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: