नेपाल आईडल चौथो संस्करण अडिसन : चौध दिन बॉकी

संगिता पहरी, काठमाडौं । तपाईंहरु पनि नेपाल आईडलको चौथो उपाधि जित्न चाहानुहुन्छ भने अडिसन आजै नै दि हाल्नुहोस।

नयाँ संस्करणको नेपाल आइडलका लागि सिजन ४ बाट नयाँ जर्जहरु रहेको छन् । जर्जहरुमा सम्भुजित बास्कोटा,सुगम पोखरेल ,सुबानि मोक्तानको भुमिका रहेको पाईन्छ।

इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपालमा पहिलो पल्ट आएको हो । आइडललको डिजिटल अडिसन भदौ १ गतेदेखि ३१ गतेसम्म खुलि सकेको छ।अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले बताए।

समय छोटो छ तपाईं पनि आजै अडिसन दिनुहोस् ।डिजिटल अडिसन देश तथा विदेशमा रहेका १६ बर्ष देखि ३० बर्ष सम्मका ब्यक्तिहरुले
दिन पाउने छन् ।

नेपाल आइडल चौथो सिजनको लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ । अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र दुई बिधाको फरक फरक गित गाएर पठाउन सकिन्छ ।

बिस्वमा फैलिरहेको कोरोना कहरमा पनि दर्शकहरुलाई गीत संगीतबाट मनोरञ्जन दिने उद्देश्यले डिजिटल अडिसन सुरु गरेको नेपाल आईडल प्रोडक्सन युनिटले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: