बिहिबार, बैशाख १३, २०८१

एनआरएनए एशिया प्याशिफिक संयोजकमा जापानबाट पोखरेलले उम्मेद्वारी दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) को एशिया प्याशिफिक क्षेत्रीय समितिको संयोजकमा जापानबाट पारस मणि पोखरेलले आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन ।
दुई कार्यकाल एसिया क्षेत्र उप–संयोजक कार्यभार सम्भालेका पोखरेलको एसिया संयोजकमा दाबी गरेका छन ।
दोश्रो पुस्ताको लागि स्पीच कन्टेस्ट , महाबिर पुनको लागि मेक इन नेपाल , युवा भेला अनि लेट्स रिफ्रेश द सोलको नारा दिएर गरेको एनआरएन रेफ्लेक्सन २०२१ ले पोखरेलको चर्चा चुलिएपछि उनलाई एनआरएनए भावी नेतृत्वको रुपमा हेरिएको छ ।
नयाँ र सृजनात्मक कामको लागि आफ्नो परिचय बनाएका पोखरेल १९९५ देखि रोटरी अनि २००५ देखि एनआरएनएमा सक्रिय छन । हाल उनि जापानको रोटरी क्लब संग समेत आबद्ध छन ।

एनआरएनएको दशौँ महाधिवेशन अक्टोबर महिनामा राजधानी काठमाडौंमा हुने भएको छ भने यस पटक ४ हजारको हाराहारीमा प्रतिनिधिहरु छन ।