मङ्गलबार, बैशाख ०४, २०८१

सर्वोच्चद्वारा सरकारसँग पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिनुको कारण माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विदेशमा उपचार गराएका खनाललाई सरकारले खर्च दिनुको आधार र कारणसहित लिखित जवाफ दिन आदेश दिएको हो ।

खनाललाई विदेशमा उपचार गर्नका लागि कानुन विपरीत सरकारले निर्णय गरेको भन्दै अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका थिए । पोखरेलले जनस्वास्थ्य ऐन, २०७५ विपरीत विदेशमा उपचार गर्नका लागि खर्च दिएको भन्दै रिट दायर गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले खनालको उपचारका लागि ३१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । खनाल भारतमा मिर्गौला प्रत्यारोपण गरी सोमबार स्वदेश फर्किएका छन् ।