शुक्रबार, चैत १६, २०८०

एसबीआई रेमिटको चाडपर्ब धमाका : दशैं बम्पर कोसेली देखि नगद उपहारसम्म

टोकियो । जापानबाट संसारभर रेमिट्यान्सको काम गर्दै आएको एसबिआई रेमिटले नेपाली महान चार्डपर्वको अवसरमा चाडपर्ब धमाका कार्यक्रम घोषणा गरेको छ ।

१८२ जनालाई नगद उपहार २०२१ सेप्टेम्बर १ तारिखबाट नोभेम्बर ३० तारिख सम्म दैनिक २ जनाले पाँच पाँच हजार येन बराबरको चाडपर्ब उपहार जित्ने सुवर्ण अवसर एसबिआई रेमिट चाडपर्ब धमाका योजना ल्याईएको बजार ब्यवस्थापक सोमन्त घिमिरेले जानकारी दिनु भयो ।

बिजेतालाई रेमिटबाट फोन र इ-मेल गरि जानकारी पनी गराइनेछ । बिजेताले १ महिना भित्र हामीलाई सम्पर्क गरेर पुरस्कार लिनु नभएमा,अर्को व्यक्ति छनोट गरिने जनाएको छ ।
लक्की ड्रमा भाग लिनको लागि क्यान्पेन अबधी भित्र एसबिआई रेमिटबाट नेपाल पैसा पठाउने मात्र सहभागि हुन पाउने छन । नयाँ ग्राहकका लागि हजार जापानी येन उपहार र ३ महिनाभित्र दर्ता भएको ग्राहकले पहिलो पटक नि-शुल्क रेमिेट्यान्स गर्न पाउने कम्पनीले जनाएको छ ।

एसबिआई रेमिटले कोभिड १९ को विषम परिस्थितिबाट कुनै पनि रेमिट कार्यालय नपुगी घरमा बसेर नेपाली भाषामा मोबाइलबाट नै पैसा पठाउन मिल्ने सेवा पनि रहेको छ ।

फैनान्सियल टेक्नोलोजी सम्बन्धि सम्पूर्ण काम गर्ने एसबिआई फिनटेक सोलुसन कम्पनी लिमिटेडको सहायक कम्पनी एसबिआई रेमिट कम्पनी लिमिटेड, अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवासंग संलग्न रहेको छ ।

टोकियो रोपुन्गी इजुमी गार्डेन टावरमा मुख्य कार्यालय रहेको एसबिआई रेमिटले संसारभर रेमित्यान्स गर्दा सस्तो, सुलभ सेवा दिने सिईओ एबम प्रबन्ध निर्देशक नोबुओ आन्दोले जानकारी दिनु भएको छ ।
जापानी ग्राहकहरू धेरै नै भएको एसबिआई ग्रुपमा, एसबिआई रेमिटले जापानमा बसोवास गर्ने विदेशीहरूलाई स्थापित गर्नको लागि सुविधाहरु सुधार गर्दै लैजाने कर्पोरेटले लक्ष्य राखेको छ ।
२२० भन्दा बढी राष्ट्र र क्षेत्रहरूमा रेमिट गर्न सकिने एसबिआई रेमिटले प्रत्येक ग्राहकको सुविधाका लागि नि-शुल्क रूपमा कार्ड जारी गर्दै आएको छ । एसबिआईले ग्राहकलाई जापान पोस्ट बैंकको एटिएम र लवसोन बैंकको एटिएमहरूबाट रेमिट कार्ड प्रयोग गरी जापानभर पैसा पठाउने अनुमति समेत दिएको छ ।