शनिबार, बैशाख ०८, २०८१

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । खनालले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष सामाजिक विकासमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनले मंगलबार एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका थिए । खनालसँगै मंगलबार नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा बागमती प्रदेशसभाका १२ जना सांसदले सनाखत गरेका छन् ।

उनले आफूले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिएको बताए । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए ।