संगठन बिस्तार गर्दै अखिल क्रान्तिकारी

कैलाश खत्री, रामेछाप । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीे संगठन अखिल क्रान्तिकारी रामेछापले संगठन विस्तार अभियानलाई तिव्रता दिइएको छ। यसअघि रामेछापको दोरम्बा गाउँपालिका,सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा संगठन बनाई सकेको छ ।
साेहि क्रममा भदौ १४गते साेमवार लिखु तामाकाेसी गाउँपालिकामा अखिल क्रान्तिकारीले संगठन बनाएको हो । स्थानिय विद्यार्थी नेता निरोज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य समेत रहनुभएका माओवादी नेता तारानारायण श्रेष्ठ रहेका थिए ।

विद्यार्थी भेलालाई सम्बाेधन गर्दै नेता श्रेष्ठले पार्टी पङ्त्तिमा नयाँ उत्साह थपिएको बताउँदै अब जिल्ला भरि नै माओवादी केन्द्र थप मजवुत हुँदै जाने बताए । त्यसैगरि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य भिष्मराज चौलागाइले रामेछापका सबै गाउँ बस्तीमा अखिल क्रान्तिकारीकाे संगठन बन्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा माओवादी नेता हेमन्त पौडेल, धुर्व कार्की , गोपाल तामाङ, लगायत विद्यार्थीे नेताहरु श्याम कुमार श्रेष्ठ, केशव वस्नेत, सन्तोष चौहान, सफल दाहाल, प्रज्वल श्रेष्ठ र उकास लामाले आफनो मन्तव्य राख्नुभएको थियो । भेलाले अखिल क्रान्तिकारी लिखुतामाकोसी गाउँपालिका कमिटीकाे अध्यक्षमा होमलाल श्रेष्ठ, उपाध्यक्ष दाेयमा रोशन बस्नेत र रञ्जना महत,सचिव अनोज बुढाथोकी सह-सचिवहरु सञ्जित श्रेष्ठ, अमृता तामाङ, रणबहादुर दर्लामी ,र डम्मर थापामगर रहनु भएको छ।कोषाध्यक्षमा नहकुल मगर चयन हुनु भएको विद्यार्थी नेता लालकाजी दर्लामीले जानकारी दिए ।
कार्यक्रम लिखु तामाकाेसी गाउँपालिकाकाे नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयकाे शभाहलमा सम्पन्न भएकाे थियाे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: