शनिबार, बैशाख ०८, २०८१

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका नेता विरोध खतिवडाले जानकारी दिएका छन् । संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन्