शुक्रबार, चैत १६, २०८०

युवा परिषदद्वारा सहुलियतपूर्ण कर्जाका बिषयमा बैक तथा सरोकारवालाहरुसंग छलफल

भक्तपुर । राष्ट्रिय युवा परिषदले उद्यमी युवाहरुका लागि सहुलियत कर्जाका बिषयमा बैक तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।
सहुलियत पुर्ण कर्जालाई थप ब्यबस्थित गरि युवा उद्यमशिलता र रोजगारी बृद्धि गर्ने अभियानमा बैक तथा बित्तिय क्षेत्रको भुमिकाका बिषयमा छलफल गरेको हो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलले संख्यात्मक भन्दा गुणात्मक हिसाबले सहुलियतपुर्ण कर्जा दिने वातावरण बनाउनुपर्ने धारण राख्दै देशभरका युवा उद्यमीहरुले सरल र सहज किसिमले सहुलियत पुर्ण कर्जा पाउने वातावरण बन्नु पर्ने कुरामा सरोकारवालाहरुको ध्यान जानुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा परिषदले कर्जा लिन चाहाने युवा लक्षित साक्षरता कक्षा, आबश्यक अभिमुखीकरण तथा छनौटका काम समेत गर्ने गरेकोे जानकारी गराउदै सहरका घरजग्गा र पिच सडकले छोएका घरजग्गालाई मात्र धितो मान्ने चलन अब हट्नु पर्ने भन्दै गाउँका भित्ता पाखामा सुन फलाउन लागि पर्ने युवा उद्यमी लक्षित कर्जा लगानी बढाउन बैक तथा बित्तिय संस्थाहरुलाई आगह पनि गर्नुभयो ।

युवा लक्षित सहुलियतपुर्ण कर्जा परिचालनका लागि छुट्टै कार्यबिधि लागु गरि आफ्नो स्थानिय तह भित्रका युवाहरुलाई कर्जा दिने वातावरण बनाएको काठमाण्डौको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले स्थानिय तहले कर्जा सुरक्षाको लागि जमानी बस्ने मात्र होईन कर्जा दिन पुग्ने ३ करोड रकमनै बैकमा जम्मा गरेर कर्जा सुरक्षण गरिएको जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैकका निर्देशक देब कुमार ढकालले सहुलियतपुर्ण कर्जालाई थप ब्यबस्थित बनाउन आबश्यक सम्पुर्ण निति तथा नियमन गर्न आफु तत्पर रहेको जानकारी गराउदै नेपाल सरकारले सहुलियत कर्जाका लागि छुटयाएको १३ अरब रुपैयाको सहि सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा बिभिन्न बाणिज्य बैक तथा बिकास बैककका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफनो जिज्ञासा तथा धारणा ब्यक्त गर्नुभएको थियो ।

सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा,भुकम्प पिडितहरुको निजी आवस निर्माण कर्जा, कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट तालिम लिँदा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ ।
“सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार विभिन्न नौ विधामा सरकारले ब्याज अनुदानमा कर्जा सुविधा दिएको छ।