शुक्रबार, बैशाख ०७, २०८१

आगामी तीनदिन भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गरी बिहीबारदेखि शनिबारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको हो । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको तीन दिन भारी वर्षा हुने विभागको भनाइ छ ।