लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेश सभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा भने कसैको पनि मत परेन ।

त्यस्तै एक मत तटस्थमा परेको छ । केसीको पक्षमा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: