बिहिबार, बैशाख ०६, २०८१

नेपाली पहिरन र गहनाको फेन्सी पसल टोकियोमा संचालन

टोकियो,१६ फागुन । जापानमा नेपालीले रेस्टुरेण्ट खोल्ने समूहको बीचमा पहिलो पटक नेपाली पहिरन र गहनाको पसल संचालनमा ल्याएको छ ।

जापानको राजधानी टोकियोमा नेपाली गहना र कपडासँगै श्रृंगारको लागि फेन्सी हाउस सञ्चालनमा आएको छ ।

एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्टले एक कार्यक्रमको बीच उद्घाटन गरीएको सो फ़ेशन शपमा जापानमा रहेका नेपालीहरुले नेपाली पोशाक तथा गहनाहरु नेपालबाटै मगाउनुपर्ने तथा बच्चाहरुको पास्नी, बिहे तथा अन्य कर्मको लागि चाहिने सामान एकै ठाउँबाट उपलब्ध गराउनेगरि राजधानी टोकियोको सिनओकुवोमा राईज पर्ल एण्ड फेसन हाउस सञ्चालनमा आएको हो ।

IMG_8928औपचारिक रुपमा फेब्रुवरी २६ तारिख आइतवार उद्घाटन गरीएको छ,सुरुमा फेसन हाउसमा तत्कालका लागि महिलाहरुलाई लक्षित गरेर कुर्ता सलवार, श्रृंगारका सामान, नगं पालिस नेल आर्ट, बच्चाहरुको लागि पास्नीमा लगाइने विशेष पहिरन सहित नेपाली गहनाहरु राखिएको संचालकले जानकारी दिनुभयो ।

उद्घाटनका अवसरमा २०% विशेष छुटको समेत व्यवस्था गरिएको जानकारी दिंदै फेसन हाउसमा साडी, लेहेंगा, नेपाली टोपी, खादा, मोति तथा मुङ्गाको माला लगायत नेपालीहरुले प्रयोग गर्ने कपडा र गहना राखिएको बताउनुभयो ।

‘छिट्टै अर्डर अनुसारको नेपाली कपडा सिलाउने तथा सबै खालका गहना र नेपाली पोशाक उपलब्ध गराउने जनाएको छ ।IMG_8967