ओली-चौथाइवाले भेटवार्ता, नेपाल–भारत सम्बन्धलाई अझ सृदृढ बनाउने विषयमा छलफल

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान चौथाइवालेले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सकारामत्क कुराकानी भएको उनले बताएका छन् । ट्वीटरमार्फ उनले भनेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजी आज बिहान काठमाडौं। हामीले नेपाल-भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्यौँ।’

आइतबार नेपाल आएका उनले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशको सम्बन्धकाबारेमा कुराकानी भएको बताइएको छ । चौथावाइले चार नेपाल बस्ने बताइएको छ । नेपाल बसाइका क्रममा उनले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: