शनिबार, बैशाख ०८, २०८१

जापानले अनुदानमा दिएको १६ लाख डोज खोप नेपाल ल्याइयो

काठमाडौं । जापानले उपलब्ध गराएको १६ लाख भन्दा बढी डोज खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरको जहाजबाट करिव पाँच लाख डोज खोप ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै जापानबाट अष्ट्राजेनेकाको १६ लाख १४ हजार ७ सय ४० डोज खोप नेपाल ल्याइएको छ ।

यो खोप जापानले अनुदानमा नेपाललाई उपलब्ध गराएको हो । यसअघि दुई लाख ८ हजार ७ सय डोज खोप शनिबार काठमाडौं आइपुगेको थियो । त्यस्तै यसअघि साउन २३ र २४ गते गरी ९ लाख डोज खोप जापानबाट नेपाल ल्याइएको थियो ।