शुक्रबार, चैत १६, २०८०

इटालियन सिरिए ए:युभेन्टस उडिनेजेसँग २–२ ले बराबर

काठमाडौं ।इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । खेलको ६० औँ मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए । खेल २–२ को अवस्थामा रहेको बेला इन्जुरी समय उनले फेडेरियो किएसाको क्रसमा हेडमार्फत गोल पनि गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गर्दै रद्द गरेको थियो ।यसअघि पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान क्वाड्राडोले युभेको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा रोबर्टो प्रेरेरा र जेराड डियोलोफूले गोल गर्दै खेल बराबरी गरेका थिए ।