शुक्रबार, बैशाख ०७, २०८१

कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, २३८२ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । क्वारेन्टाइनमा ४२३ जना रहेका छन् भने आइसोलेसनमा ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।