शुक्रबार, चैत १६, २०८०

जापानले अनुदानमा दिएको थप २ लाख डोज खोप काठमाडौं ल्याइयो

काठमाडौं । जापानले उपलब्ध गराएको थप दुई लाख डोज खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको अस्ट्राजेनेकाको दुई लाख ८ हजार ७ सय डोज खोप शनिबार काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारबाट प्राप्त हुने १६ लाख १४ हजार ७ सय ४० डोज खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज ल्याइएको जानकारी दिएका छन् । बाँकी खोप आइतबार र सोमबार ल्याइने जानकारी पनि उनले दिएका छन् । यसअघि साउन २३ र २४ गते गरी ९ लाख डोज खोप जापानबाट नेपाल ल्याइएको थियो ।