बिहिबार, बैशाख १३, २०८१

हजुरलाई नमस्ते ट्रेड लिंकको शाखा भक्तपुरमा

काठमाडौं। हजुरलाई नमस्ते ट्रेड लिन्कले शुक्रबारदेखि भक्तपुरमा शाखा संचालनमा ल्याएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा खोलिएको हो ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी वरिष्ठ लोक दोहरी गायक वद्री पंगेनी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ भक्तपुरका पूर्व अध्यक्ष राजाराम न्हिसुतू, नेपाल हेभी इक्विपमेन्ट मेकानिक संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मुकेश पन्तलगायतले उक्त शाखाको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो ।

भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, चौतारा, मेलम्ची, चरिकोट, मन्थलीलगायतका पूर्व क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि शाखा खोलिएको शाखा प्रमुख फाल्गुण कुँंवरले बताउनुभयो । हजुरलाई नमस्ते ट्रेड लिन्कले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट उक्त क्षेत्रका व्यवसायीहरुलाई अझ सरल र सहज तरिकाले सेवा सुविधाको थालनी दिने उनको भनाई छ  ।

कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका संचालक एवम् समाजसेवी ताराबहादुर कुँंवरले आगामी दिनमा हेटौडा, पोखरालगायतका ठाउँंमा पनि शाखा खोल्ने योजना रहेको बताउनुभयो । नाफा भन्दा पनि पूर्वका व्यवसायीहरुको सुविधाका लागि शाखा विस्तार गरिएको जानकारी दिदैं उनले शाखाबाट हेभी इक्विपमेन्ट डोजरका पार्टपूर्जाहरु विक्री गरिने बताए ।  हजुरलाई नमस्ते ट्रेड लिन्कको मुख्य कार्यालय काठमाडौंको बाफलमा रहेको छ ।