महन्थ ठाकुर पक्षद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत

काठमाडौं । जनता समाजवादी पार्टी,नेपाल (जसपा)का महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छन् ।
उनले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको खुलासा समेत गरे ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: