शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, २४५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर र पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे हो । परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ ।

यस्तै सोमबार दुई हजार चार सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार एक सय ४० पुगेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार तीन सय २७ जना पुगेको छ ।यस्तै अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।