शुक्रबार, बैशाख ०७, २०८१

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशम्सेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षितरुपमा स्वदेश फर्काउन माग गरेका हुन् । त्यस्तै उनीहरुले ब्रिटिश गोर्खाका सैनिकका जायज मागहरु पुरा गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।