शुक्रबार, चैत १६, २०८०

तालिबानद्वारा राजधानी काबुलबाहेक प्रमुख सहर नियन्त्रणमा

अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ । लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतबार बिहानै नियन्त्रण कायम गरेका छन् ।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ । अर्को महत्वपूर्ण उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् । सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।