शुक्रबार, बैशाख ०७, २०८१

जापानको एभरेष्ट स्कुलबाट एसईईमा पहिलो व्याचको २४ जना विद्यार्थी उत्कृष्ट

जापान : नेपाली पाठ्यक्रमद्वारा अध्ययन अध्यापन हुने प्रवासमा रहेको एकमात्र विद्यालय यस एभरेष्ट इन्टरनेशनल स्कुल, जापानले SEE २०७७ (पहिलो व्याच) मा सहभागी भएका विद्यार्थीहरूलाई आज एक समारोहका साथ Graduation Program सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष भवन भट्टकाे अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास टोकियोकी राजदूत प्रतिभा राणाकाे उपस्थिति रहेकाे थियो । उक्त कार्यक्रममा दूतावासका DCM अम्बिका जोशी, विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संस्थापक प्र. अ, प्रदीप थापा, प्रिन्सिपल विष्णु प्रसाद भट्ट, राष्ट्रिय परीक्षा बोर्ड नेपालका सदस्य सचिव दुर्गा प्रसाद पौडेल LA का प्रिन्सिपल मुकुन्दराज शर्मा,डा. जय राज अवस्थी, डा. अंगराज तिमिल्सिना, विद्यालयका बोर्ड मेम्बर डा. बलराम श्रेष्ठ लगायतले Gratuated Students लाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

भारतबाट प्रसिद्ध कलाकारद्वय ज्योति उप्रेती तथा निर्जा उप्रेतीले नेपाली गीत तथा संस्कृत गीत प्रस्तुत गर्नु भएको थियो ।
Graduated Students २४ जना मध्ये ५ जना विद्यार्थीहरूले SEE मा GPA ४ र अधिकांश विद्यार्थीहरुले GPA ३.५ भन्दा माथि ल्याएका हुनाले राष्ट्रिय परीक्षा बोर्ड का सदस्य दुर्गाप्रसाद पौडेलले विद्यार्थी लगायत सम्पूर्ण विद्यालय परिवारलाई प्रशंसासहित धन्यवाद व्यक्त गर्नु भयो ।
अनलाइन तथा भौतिक रूपमा सहभागी सम्पूर्ण वक्ताहरुले GRADUATED STUDENTS लाई बधाई दिँदै सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नु भयाे ।

Graduated Students लाई विद्यालय विद्यालय का उपाध्यक्ष ई. मेघ राज नेपाल, नेपाली राजदूतावास टोकियोका DCM अम्बिका जोशी, विद्यालयका संस्थापक अध्यक्ष डा. भूपाल मान श्रेष्ठ तथा संस्थापक प्रिन्सिपल प्रदीप थापा लगायतले प्रमाण पत्र प्रदान गर्नु भयो ।
साथै यसै वर्ष जापानको सिनओकुबोमा आफनो शाखा विस्तार गरेको यस विद्यालयले हरेक २ वर्षमा आफनो शाखा विस्तार गर्दै लैजाने योजना रहेकाे र यसै वर्ष देखि विद्यालयले कक्षा ११ मा Science र Management कक्षा सञ्चालन गर्न गइ रहेकाे कुरा पुन: स्मरण गराउँदै भौतिक पूर्वाधारमा विज्ञान तथा कम्प्युटर प्रयोगशालाको राम्रो व्यवस्था गरेको कुरा प्रस्तुत गर्दै विद्यालयका अध्यक्ष भवन भट्टले कार्यक्रम समापन गर्नु भयो ।