माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ बाट गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव गरिएको छ ।

आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र विधान संशोधन मस्यौदा प्रस्ताव प्रस्तुत गरेका छन् । सो प्रस्तावमा छलफल जारी छ ।

प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजित गरिएको छ । ती समूहलाई छलफलका लागि भोलि आइतवारका लागि समय दिइएको छ ।

भोलि पुनः बस्ने केन्द्रीय कमिटी बैठकमा छलफलको निष्कर्षका रूपमा रिपोर्ट प्रस्तुत हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: