शनिबार, बैशाख ०८, २०८१

कुलमान बूढो भएपछि के गर्छ त सरकारले ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सरकारहरूले कुलमान र हनुमान मात्र देखेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै सांसद महतले पुरानो सरकारले हनुमान र अहिलेको सरकारले कुलमान मात्र देखेको बताएका हुन् ।

उनले भने, ‘अघिल्लो सरकारले हनुमानबाहेक नियुक्ति गरेन अहिलेको सरकारले कुलमान बाहेक देखेन, किन ? मैले कुलमानलाई नराम्रो भनेको होइन । हनुमानले र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खत्तम पारे । कुलमान बूढो भएपछि के गर्छ त सरकारले ? नेपाल एयर लाइन्स छैन ? अरु संस्थान डुबेका छैनन् ?’

उनले कुलमानको आवश्यकता विद्युत प्राधिकरणबाहेक अन्य क्षेत्रमा किन नलगेको भन्दै प्रश्न गरेका छन् । उनले कुलमान बूढो भएपछि यो सरकारले के गर्ने भन्दै प्रश्नसमेत गरेका छन् ।