शुक्रबार, चैत १६, २०८०

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा लोक दोहोरी प्रतियोगिता सम्पन्न

भक्तपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजनामा आयोजित प्रथम राष्ट्रिय युवा लोक दोहोरी प्रतियोगितामा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल प्रकाश पराजुली र मिना बुढाथोकी, दोस्रो स्थान हासिल गरन सफल प्रदिप रोका र स्मृति गौतम, तेस्रो स्थान हासिल गर्न सफल मिरा गोरखाली, चिर गुरूङ र विजय बानियाँ, सपना रोका भएका छन ।
प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय र सान्त्वना पुरस्कार क्रमश ७०,०००, ४०,०००, २५००० र १००००। रहेको थियोे ।
उक्त प्रतियोगितामा प्रमुख निर्णायक बम बहादुरी कार्की, मुख्य निर्णायक राजु परियार, निर्णायक शिला आले, उमा श्रेष्ठ, कमल सउराग, अमृत खाती र बैकुण्ठ महत रहनु भएको थियोे ।