कांग्रेस संस्थापन समुह देउवा निकट जिल्ला सभापतिहरु छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरु छलफलमा जुटेका छन् ।
महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् ।
बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै त्यसलाई चिर्न आफूहरु छलफलमा जुटेको बताए ।
संस्थापन समूह निकट जिल्ला सभापतिहरुले आजै पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत केन्द्रीय सदस्यहरुलाई भेटेर महाधिवेशन हुन नदिने खालका र विधान विपरीतका भेला गर्ने काम रोक्न अनुरोध गर्ने तयारी गरेका छन् ।
वरिष्ठ नेता पौडेल निकट जिल्ला सभापतिहरुको भेला केहि दिन अघि सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: