टोकियो,१३ फागुन । जापानमा नेपाली स्वास्थ्य चिकित्सकहरुहरुको सक्रियता र टोकियो महानगरपालिकाको सहयोगमा निःसुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म टोकियोको आसागयास्थित एभरेष्ट इन्टरनेशननल स्कुलमा स्वास्थ्य परामर्स शिबिर मा हुने सो शिविरमा विशेषगरि नेपालीहरुको स्वास्थ्य स्थितिको सुधार र पहुँच बढाउने उद्धेश्य रहेको आयोजकको तर्फवाट डा विजय ज्ञवालीले जानकारी दिनुभयो ।
शिबिरलाई डा दिपेन्द्र गौतमले सयोजन गर्नुभएको छ । आयोजक टोलीका तर्फबाट डा.विजय ज्ञवालीले एक विज्ञप्ति जारी गरी नेपालीहरुलाई शिविरको लाभ लिन आव्हान गर्नुभएको हो ।
आयोजकका अनुसार यो शिविर भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठारो भएका, बिमार भएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरी गर्न थालिएको हो ।
आप्रवासीहरुको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील जापानी चिकित्सक डा.ताकाशिशावादा र डा.तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य, डा.प्रकाश शाक्य, डा.सुमन श्रेष्ठ, डा.रिचाशाह, डा.दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा.विजय ज्ञवालीले आफ़्नो सेवा दिनुहुनेछ ।
शिबिरमा सेवालिन कुनै प्रकारको स्वास्थ्य बिमा, एलेन कार्डको आवश्यक पर्ने छैन । शिबिरमा उपलब्ध सम्पूर्ण सेवा पूर्णरूपमा निःशुल्क हुनेछ । त्यस्तै थप उपचार आवश्यक भएका बिरामीलार्इ रेफेर पत्र उपलब्ध गराइनेछ । जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग जनाउदै आउनसक्नेले मिल्ने समयको लागि नाम टिपाउन आयोजक टिमले अनुरोध गरेको छ ।
प्रेस नोट
जापानमा रहेका नेपाली हरुको स्वास्थ्य स्थितीको सुधार र पहुच् सम्बन्धमा कृयाशिल रहेका नेपाली चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा यही आइतबार बिहान १० बजे देखि ५ बजे सम्म टोक्यो आसागया स्थित एभरेष्ट इन्टरन्याशालन स्कुलमा स्वास्थ्य परामर्स शिबिर हुन गईरहेको छ ।
भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठारो भएका , बिमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरि यो शिबिर गर्न थालिएको हो |शिबिरमा टोक्यो महानगरपालिकाले निसुल्क एक्सरे सुबिधा उपलब्ध गराएको छ । शिबिरमा आप्रबाशी हरुको स्वास्थ्य क्षेत्र लामो समय देखि क्रियाशील जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य ,डा. सुमन श्रेष्ठ, डा. रिचा शाह ,डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा. विजय ज्ञवालीले आफ़्नो सेवा दिनु हुनेछ । शिबिरमा सेवा लिन कुनै प्रकारको स्वास्थ्य बिमा , एलेन कार्डको आबस्शक पर्ने छैन । शिबिरमा उपलब्ध सम्पूर्ण सेवा पूर्ण रूपमा निसुल्क हुनेछ | थप उपचार आबशेक्ता भएका बिरामिलाइ रेफेर पत्र उपलब्ध गराइने छ ।
जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग हुनेछ । कामको कारण अथवा समय अभावको कारण निस्चित समयमा मात्र आउन सक्छु भन्ने कोही हुनु हुन्छ भने मिल्ने समयको लागि नाम टिपाउन आयोजक टिम अनुरोध गर्दछ । शिबिरलाइ डा.दिपेन्द्र गौतमले सयोजन गर्नु भएको छ ।
टिमको तर्फ बाट, डा.विजय ज्ञवाली