शुक्रबार, बैशाख ०७, २०८१

काठमाडौं महानगरपालिकाद्वारा राजश्व नतिर्ने ५२ करदाताको नाम सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ करदाताको विवरण सार्वजनिक गरेको छ । तिर्न/बुझाउनपर्ने घरजग्गा/सम्पत्ति कर बुझाउनका लागि पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना निकालेको हो । महानगरले उनीहरुलाई ३० दिनभित्र राजश्व दाखिल गर्न आग्रह गरेको छ ।

यदि ३० दिनभित्र राजश्व दाखिला नगरे कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने महानगरले जनाएको छ ।