यसरी निर्माण हुँदैछ संघीय संसदको नयाँ भवन(फोटोफिचर)

काठमाडौं । सभामुुख अग्निप्रसाद सापकोटाले सिंहदरबार, पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको अवलोकन गरी तोकिएको समय भन्दा अगाडि नै कार्य सम्पन्न गर्ने उपायहरुको खोजि गर्दै काम गर्न दिशा निर्देश गरेका छन् ।

शुक्रबार अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद सचिवालय र संवद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याएका छन् । उनले निर्माणमा संलग्न कामदारहरुको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।

सो अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्य अनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिड विरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: