बिहिबार, बैशाख १३, २०८१

नेपाल टेलिभिजनका अध्यक्षबाट डा.विष्टले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् ।

विष्टले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।
३ वर्षे कार्यकाल पूरा गरेका विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराएका थिए । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनले बताए ।

पदबाट राजीनामा दिएकोमा देउवाले विष्टलाई धन्यवाद दिए । राजिनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै बिदाई लिएका छन् ।