शुक्रबार, चैत १६, २०८०

जापानबाट आठ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येको आधा खोप बिहीबार र शुक्रबार ‘एयरलिफ्ट’ हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा खोप भने पानी जहाजको मार्ग हुँदै नेपाल आइपुग्ने दूतावासले जनाएको छ । जापानले नेपाललाई अस्ट्राजेनेकाको १६ लाख डोज खोप अनुदानमा दिन लागेको हो ।