भूमि आयोगको विघटन गरीब विरोधी हर्कतको पराकाष्ठा: पूर्वमन्त्री प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीब विरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् ।

बुधबार फेसबुकमार्फत आपत्ति जनाउदै पूर्वमन्त्री साहले भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला सरकारले गैरजिम्मेवारीपूर्ण ढंगले आयोग विघटन गरेर जनिविरोधी काम गरेको बताएका हुन् ।

केही कथित कम्युनिष्टसहितको देउवा सरकारको हर्कतले वर्तमान शासन प्रणाली र विधिको शासनमाथि नै गम्भीर प्रश्न खडा भएको पूर्वमन्त्री साहको ठहर छ ।

उनले सत्ता स्वार्थका लागि बनेको अपवित्र गठबन्धनको सरकार गरिब, विपन्न तथा दलितहरुको आवास निर्माणसँग सम्बन्धित जनता आवास तथा सुरक्षित नागरिक आवास कार्यक्रमप्रति समेत उदासीन रहेको आरोप लगाएका छन् ।

‘भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला कथित केहि कम्युनिष्ट सहीतक़ो वर्तमान देउवा नेतृत्वको सरकारले गैरजिम्मेवारी पूर्ण ढंगले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरी विपन्न तथा दलित विरोधी हर्कतको पराकाष्ठा नै पारको आराप लगाएक छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: