शुक्रबार, बैशाख ०७, २०८१

सभा जुलुस जस्ता कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा जुलुस जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबार सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने भन्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’