बिहिबार, बैशाख १३, २०८१

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ । आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ । यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।