शनिबार, बैशाख ०८, २०८१

अवैध लागुऔषध ओसारपसार संलग्न दुई नेपाली टोकियोमा पक्राउ (भिडियो)

टोकियो,१२ फागुन । लागुऔषध ओसारप्रसार गरेको अभियोगमा जापान प्रहरीले दुई नेपालीलाई रंगेहात पक्राउ गरेर सार्वजानिक गरेको छ ।
जापानी संचारमाध्यम एनएचके टेलिभिजनका अनुसार लागुऔषध ओसारपसार गर्ने जापानमा सेनमोन भोकेसनल कलेज अध्ययनरत एक तामाङ थरका युवा तथा रेष्टुरेन्टमा पार्टटाईम काम गर्दै आएकी एक युवतिलाई करिव दुई महिना लामो अनुसन्धान पछि पक्राउ गरि सार्वजानिक गरेको हो । भारतिय हवाई मार्गहुदै जापानको नारिता एयरपोर्ट मार्गबाट आएको बाध्यबाधक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका लागु औषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको सो समचारमा जनाएके छ । ती बाध्य सामाग्री दुई नेपाली वस्ने घरमा कुरियर मार्फत पुगेपछि लागुऔषध ओसारपसारमा उनीहरुको संलग्नता पुष्टि गरेको थियो ।

बरामत गरिएको लागुऔषधमा करिव साँढे तीन किलो चरेस राखी उनीहरुको ठेगानामा कुरियर गरि पठाईएको थियो। लगत्तै प्रहरीले उनीहरुको कोठामा छापा मार्दा थप १८ किलोभन्दा बढी चरेस भेटाएको थियो । समाचारमा गत डिसेम्वरमा आएको सामानमा यसरी लागुऔषध पाईएपछि जापान प्रहरीले दुवैलाई पक्राउ गरि सार्वजानिक गरेको हो।
समाचारमा उनीहरुलाई जापानमा लागुऔषध ओसारपसारमा संलग्न ठूलो गिरोह हुनसक्ने अनुमान समेत गरेको छ। बरामत गरिएकोलागुऔषधीको बजार मुल्य करिव १५ करोड येन भएको प्रहरीले दावी गरेको छ ।
जापानी संचारमाध्यमले पक्राउ पर्नेमा २९ वर्षिय तापन तामाङको नाम सार्वजानिक गरेको छ भने महिलाको नाम भने खुलाएको छैन ।
पछिल्लो समय जापानमा लागुऔषधी ओसारपसार र मानव तस्करीमा संलग्नलाई पनि कडाईका साथ निगरानीमा राखेको छ ।

https://youtu.be/1BbWqKb2JnY