शुक्रबार, बैशाख ०७, २०८१

माओवादी केन्द्रमा श्रेष्ठ र महराले मन्त्री दावी गरेपछि प्रचण्डलाई थप सकस

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख कृष्णवहादुर महरा दुवैले दावी गरेका छन् । मन्त्री छान्नका लागि माओवादी स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउँदा प्रचण्डले कसैलाई थाहा नदिएको भन्दै श्रेष्ठ अशन्तुष्ट थिए ।
माओवादीले बढीमा ७ मन्त्रालय पाउने र त्यसमा स्थायी कमिटीकै नेताहरुको प्रतिस्पर्धा भएपछि प्रचण्ड सकसमा परेका छन् । श्रेष्ठ र महराले उपप्रधानमन्त्रीसहित सरकारम जान चाहेका छन् ।

सभामुख भइसकेका व्यक्ति मन्त्री हुन खोजेको भन्दै माओवादीभित्र महराको आलोचना भएको छ । संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका महराले हालै उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

यद्यपी सरकारी वकिल सर्वोच्च अदालतमा जाने तयारीमा छन् । श्रेष्ठ र महरालाई रोक्न प्रचण्डमाथि दबाब छ । महरा सभामुखसहित ५ पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री भइसकेका छन् ।
माओवादी स्थायी कमिटीमा रहेका सांसदमध्ये देवेन्द्र पौडेलमात्र एक पटक पनि मन्त्री बन्न नपाएका नेता हुन् । यसपटक उनलाई मन्त्री बनाउन प्रचण्ड सकारात्मक छन् ।

माओवादीबाट दुईपटक सांसद भइसकेका भोजपुरका सुदन किराती,मोरङका अमनलाल मोदी मन्त्रीका प्रवल दाबेदार हुन् । नारायणकाजी श्रेष्ठ मन्त्री बन्न नपाए उनको समूहबाट अन्जना विशंखेको सम्भावना छ ।