ठमेलमा चिनियाँ नागरिकद्वारा अवैध मदिरा कारखाना संचालन

काठमाडौं । काठमाडौंको ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध रुपमा मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारी १० हजार लिटर मदिरा बरामद गरेको छ ।

घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा महाशाखाको टोलीले शुक्रबार छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरेको हो । चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए । सरकारी अनुमति नलिई अवैध मदिरा उत्पादन गर्ने सिजि उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।

प्रहरीले रक्सी उत्पादन गर्ने चार वटा मेशिन पनि बरामद गरेको छ । चिनियाँ नगरिकले रक्सी उत्पादन गर्न पाँच तले घर भाडामा लिएर त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: