बुधबार, बैशाख १२, २०८१

यी हुन् मदन पुरस्कारको प्रारम्भिक सूचीमा परेका ९ पुस्तक

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ ।

पुस्तक छनोट प्रयोजनका लागि गुठीलाई कुल २२२ पुस्तकहरु प्राप्त भएका थिए । तीमध्ये १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो ।