शुक्रबार, चैत १६, २०८०

स्थानीय निर्वाचनको कार्यतालिका आयोगद्वारा सार्वजनिक

काठमाडौं । सरकार आगामी वैशाख ३१ गते सार्वजनिक गरेको स्थानीय निर्वाचन सफल बनाउन निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको छ ।
आयोगले निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने, आचारसंहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशनका साथै सोको कार्यान्वयनमा आवश्यक सहयोग पुर्‍याउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।
सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका कर्मचारी र शिक्षकको अद्यावधिक विवरण निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा जिल्ला निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

त्यसैगरी निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतकाका र्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्थागर्न, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजनालगायत सरकारी निकाय, टेलिफोन, फ्याक्स तथाअन्य सञ्चार साधनहरू मर्मत र सेवाबिस्तार गर्नुपर्ने भएतत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउन निर्देशन दिएको छ । यस्तै निर्वाचनका सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षकलगायत अन्य कर्मचारीको आवागमन तथा मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षा व्यवस्था मिलाउने, निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक पर्ने घर, र्र्र्फिर्नचर, कम्प्युटर, फ्याक्स मेसिन, सवारी साधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएका अवस्थामा जिल्लास्थित कार्यालयबाट तुरून्त उपलब्ध गराउन दिर्नेशन दिइएको छ ।
यसैगरी निर्वाचनसम्बन्धी मुद्रणमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ गर्ने, मतपत्र छपाइलगायत काम गर्ने जनक शिक्षा सामग्री केन्द्रको छापाखानाको मर्मतसम्भार यथाशीघ्र गर्न, निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन तथा स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाको उचित प्रबन्ध मिलाउनेलगायत निर्देशन दिइएको आयोगले जनाएको छ ।
यस्तै आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरिएको बखत हवाई टिकट सुरक्षित राखिदिन र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाइजहाज र हेलिकप्टरको सुविधा उपलब्ध गराउने माग गरिएको छ ।
मतदान केन्द्र रहेका विद्यालयमा वैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन, सार्वजनिक सञ्चारका माध्यम (रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ नेपाल, राष्ट्रिय समाचार समिति)ले आयोगको निर्देशनानुरूप निर्वाचनसम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्नेसमेत निर्देशन दिइएको छ ।