शनिबार, बैशाख ०८, २०८१

केही सांसदले ‘परमादेश’ शब्दको ठूलो बेइज्जत गरेः सांसद बिडारी

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले केही सांसदले ‘परमादेश’ शब्दको ठूलो बेइज्जत गरेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बिडारीले ‘परमादेश’ शब्द विश्वमै प्रचलित रहेको र यसका थुप्रै उदाहरण गरेको भएपनि सांसदहरुले यो शब्दलाई गाली गलौजको रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको तर्क गर्दै बिडारीले राष्ट्रपतिले संविधानको धारा र उपधारा नै किटेर गरेको नियुक्तिलाई के आधारमा परमादेशको सरकार भनिएको भन्दै प्रश्न गरे ।

उनले परमादेशबाटै राष्ट्रियसभाको बैठक चलिरहेको, परमादेशकै कारण प्रतिनिधिसभा ब्युँतिएको, संघीय संसद बनेको, परमादेशबाटै विश्वासको मतको विपक्षमा ८३ मत दिएको, परमादेशबाटै सांसदहरुले सुविधा पाइरहेको बताए ।