शनिबार, बैशाख ०८, २०८१

क्रियाशील सदस्यता विवाद समाधानका लागि समितिलाई २४ घण्टाको समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिइएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

समितिले भोलिसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने उनले बताए । बैठक बिहीबार दिउँसो २ बजे फेरि बस्नेछ । समितिले पार्टी सभापति शेरबहादुर देउलाई प्रतिवेदन बुझएको थियो जसमा कांग्रेसका क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार पुगेको उल्लेख छ ।