बिहिबार, बैशाख ०६, २०८१

भारतमा भएको सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बारबाराङ्की जिल्लामा ट्रकले बसलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको दुई तले बसलाई ट्रकले ठक्कर दिएको थियो । प्रहरीले बसमा १४० यात्रु रहेका जनाएको छ ।