शुक्रबार, चैत १६, २०८०

अफगानिस्तानमा एक हप्तामा एक हजार ५०० तालिवान विद्रोही मारिएको सेनाको दावी

अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल ९एएनएसएफ० ले मङ्गलबार जानकारी गराएको छ ।

एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् ।

त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ ।

सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ । उहाँले बिद्रोहीले उक्त अवधिमा १४ सर्बसाधारणलाई हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।

सेनाको उक्त भनाई अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाई आइरहेका समय आएको हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

सेनाले भने तालिवान समूह प्रतिरक्षात्मक अवस्थामा नरहेको देशैभर निकै कमजोर बनेको दावी गरेको छ ।

यसैबीच सेनाको कारबाहीको दावीलाई एकपक्षीय भन्दै यसलाई पत्याउने कुनै आधार नरहेको भन्दै मारिएका भनिएका व्यक्ति आफ्नो समूहको नभएको दावी गरेको छ । सेनाले आफ्नो सैनिक दस्तालाई मनोवैज्ञानिकरूपमा बल पुगोस भनी उक्त भ्रमपूर्ण प्रचार गरेको दावी तालिवान समूहले गरेको छ ।