शुक्रबार, बैशाख ०७, २०८१

राष्ट्रपतिद्वारा लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई प्रदेश प्रमुख नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरिएका हुन् ।

राष्ट्रपति भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस गर्दै गुरुङ र शेरचनको नाम सिफारिस गरेको थियो ।

शेरचन यसअघि पनि गण्डकीको प्रदेश प्रमुख भइसकेका हुन् । शेरचनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएको थियो । उनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।