शुक्रबार, बैशाख ०७, २०८१

कांग्रेसमा साढे ४ लाख थपिए क्रियाशील सदस्य

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा समितिले प्रतिवदेन बुझाएको हो ।

समितिले आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाएको छ । साढे आठ लाख मध्ये साढे चार लाख नयाँ सदस्य हुन् । रमेश लेखक नेतृत्वको छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।