शुक्रबार, चैत १६, २०८०

एनआरएनए जापानको नयाँ नेतृत्वको लागि जुलाई ३० तारिख मतदान हुने

टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि हुने मतदान जुलाई ३० तारिख हुने भएको छ । जुलाई २७ तारिख तोकिएको मतदानको कार्यपालिकालाई जुलाई ३० मा सारिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
जुलाई २६ तारिख राती सूचना प्रकाशित गर्दै निर्वाचन समितिले जुलाई २७ मा मतदान गराउनु पर्ने तर अहिले उत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनु पर्ने भन्ने केही उम्मेदवारहरूको माग र कार्य समिति भित्रैबाट शुरु गरिएको मतदाताहरूको ईमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याइ, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि, कार्य समितिले मिति २०२१ जुलाई २४ मा गरेको निर्णय र आज मिति २०२१ जुलाई २६ का दिनमा ५ सदस्यीय अध्यक्ष मण्डलले गरेको अनुरोधपत्रलाई आधार मानि, मतदान मिति परिवर्तन गरिएको उल्लेख गरेको छ ।
कार्यसमितिको बैठकद्वारा जुलाई २४ मा मतदानको मिति परिवर्तन गर्न गरेको अनुरोधलाई खेद प्रकट गरेर इन्कार गरेको निर्वाचन समितिले मतदानको मिति सारेको छ ।

प्रकाशित सूचनामा १,७०० जना मतदाताहरूको ईमेल ठेगाना परिवर्तन गरिदिएकाले, त्यी मतदाताहरूलाई पनि ईमेल ठेगाना सच्याउन लगाइ मतदान अधिकारको उपयोग गराउनका लागि
सहि मतदाता नामावली नै निष्पक्ष निर्वाचन गराउन मिति सारिएको नेत्र प्रकाश भण्डारी र ऋषब पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

निर्वाचन समितिद्वारा जारी सूचना
मतदान मितिका सम्बन्धमा जरुरी सूचना
एनआरएनए जापानका मतदाता सदस्य साथीहरू:

निर्वाचन समितिले मिति २०२१ जुलाई ४ तारीखका दिनमा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि मिति २०२१ जुलाई २७ मा मतदान गराउनु पर्ने थियो, तर अहिले शृजीत/उत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनु पर्ने भन्ने केही उम्मेदवारहरूको माग र कार्य समिति भित्रैबाट शुरु गरिएको मतदाताहरूको ईमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याइ, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि, कार्य समितिले मिति २०२१ जुलाई २४ मा गरेको निर्णय र आज मिति २०२१ जुलाई २६ का दिनमा ५ सदस्यीय अध्यक्ष मण्डलले गरेको अनुरोधपत्रलाई आधार मानि, मतदान मितिलाई निम्नानुसार सारिएको कुरा यहाँहरू सम्पूर्णलाई जानकारी गराउँदछौँ।

मतदान मिति/समय:
२०२१ जुलाई ३० तारीख (शुक्रबार), बिहान १० बजे देखि साँझ ८ बजेसम्म

यसका कारण, पूर्व निर्धारित मिति २०२१ जुलाई २६, ००:०० देखि जुलाई २७, १०:०० सम्मको “शून्य समय” पनि मिति २०२१ जुलाई २९, ००:०० देखि जुलाई ३०, १०:०० सम्ममा परिवर्तन गरिएको व्यहोरा पनि जानकारी गराउँदछौँ।

मतदान मितिलाई केही पछाडि सार्नुपर्ने परिस्थितिका बारेमा विगत ४-५ दिन देखि मौखिक रुपमा कुराहरु आइराखेको भएपनि, आधिकारिक रुपमा कार्य समितिको पत्र (ईमेल) हामीलाई हिँजो मिति २०२१ जुलाई २५ को बिहानमा मात्र प्राप्त भएको र हामीले पनि त्यस निर्णयको कडा प्रतिवाद गरि मतदान मिति सार्न नसकिने जानकारी गराएका थियौं। हाम्रो बटमलाइन चाहिं सम्पूर्ण उम्मेदवारहरुको सहमति चाहिन्छ भन्ने थियो तर सम्बन्धित व्यक्तित्वहरुबाट त्यसो गर्न नसकिने जानकारी आए लगत्तै हामीले उम्मेदवारहरूलाईनै अनलाइन मार्फत सोध्ने निर्णय गरि ५३ जना उम्मेदवारहरूलाई ईमेलमार्फत सोधेर हेर्यौं। समय कम भएर पनि हुनसक्छ तर यसको हामीले जम्मा ७ जना उम्मेदवारहरूबाट मात्र जवाफ पाएकाले, मतदान मिति सार्ने वा नसार्ने भन्नेबारेमा केहिपनि उपयोगी हुन सकेन।

हामीलाई जानकारी गराइए अनुसार, मतदान मिति सार्नुपर्ने अवस्थाको शृजना निम्न दुई प्रमुख समस्याहरू केही हदसम्म समाधान गर्नका लागि भएको छ।

१. मिति २०२१ जुलाई १३ मा गरिएको ट्रायल भोटिङका बेला ईमेल सर्भर र फोन सीस्टमको रिजेक्शनका कारण मतपत्रलिङ्क पाउन नसकेका जम्मा १,२५७ जना (यो संख्या ईमेल र फोन दुबै मिलाउँदाको हो) मतदाताहरूलाई यसका बारेमा सूचना दिइ, नयाँ ईमेल ठेगाना र नयाँ मोबाइल फोन नम्बर दर्ता गराउनका लागि

२. कुनै अन्य व्यक्तिले (या व्यक्तिहरूले) कुनै कारण/उद्देश्यवश लगभग १,७०० जना मतदाताहरूको ईमेल ठेगाना परिवर्तन गरिदिएकाले, त्यी मतदाताहरूलाई पनि ईमेल ठेगाना सच्याउन लगाइ मतदान अधिकारको उपयोग गराउनका लागि

सहि मतदाता नामावलीनै निष्पक्ष निर्वाचन प्रकृयाको प्रमुख आधार भएकाले र मतदाता नामावलीको अधिकारिकताका सम्बन्धमा निर्वाचन समितिले कुनै किसिमको निर्णय गर्न नसक्ने भएकाले, हामी हाम्रो पूर्व निर्धारित कार्य तालिकामा कुनै पनि परिवर्तन गर्न नचाहाँदा नचाहाँदै पनि कार्य समितिको निर्णयलाई स्वीकारी, अध्यक्ष मण्डलको अनुरोधलाई पनि आत्मसात गरि यो सुचना जारी गरेका छौँ।

मतदान मिति ३ दिन पछाडि सारिएका कारण मतदाता र उम्मेदवार साथीहरूलाई पर्न गएको असुविधा र असहजताका लागि हामी हृदयदेखि नै क्षमा प्रार्थी छौँ।

धन्यवाद।
निर्वाचन समिति २०२१
(नेत्र प्रकाश भण्डारी र ऋषब पौडेल)