संघीयता खारेजी सम्बन्धी मिश्रको अभिव्यक्तिप्रति जनजाति महासंघ घोर आपत्ति

ललितपुर । नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्तावलाई घोर आपत्ति जनाएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेका थिए । उक्त प्रस्ताव संविधान विरोधी रहेको जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति निकलेर उल्लेख गरेका छन् ।
संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन महासंघले नेपाल सरकारलाई आग्रहसमेत गरेको छ।
‘अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने व्यहोरा व्यक्त गर्दछ,’ महासंघले निकालेको विज्ञप्तिमा चेतावनी दिइएको छ । संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धी अभिव्यक्तिप्रति महासंघ घोर निन्दासहित आपत्ति रहेको बरामले बताएका छन् ।

‘मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको महासंघको ठहर छ ।
विज्ञप्ति

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: