शुक्रबार, बैशाख ०७, २०८१

निर्मला पन्त हत्याका दोषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई निर्मला पन्तका हत्यारालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर निर्मला पन्त हत्या अनुसन्धानबारे जानकारी लिँदै दोषी पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको छ । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।